मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना भाइरसविरुद्धको खोप वार्षिक चार अर्ब डोज उत्पादन गर्ने तयारी

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

कोरोना महामारीविरुद्धका प्रयासहरुको पूर्वतयारी र अभियानमा केन्द्रित रहेको संस्थाले कोरोना भाइरसविरुद्धको सम्भावित ९ खोपको वर्षमा चार अर्ब डोज उत्पादनका लागि सम्झौता गरेका छन् ।

कोलिसन फर इपिडेमिक प्रिपेडर्नेस इनोभेसन (सिइपिआई) ले सम्भावित ९ खोपको परीक्षण सकिएर बजारमा जाने स्वीकृति पाएपछि वर्षको अर्ब डोज उत्पादन गर्ने औषधि उत्पादकको पहिचान भएको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

समूहका उत्पादनसम्बन्धी विज्ञ जेम्स रोबिन्सनले खोपको वितरण सहज बनाउनका लागि उत्पादक पहिचान गरिएको बताएका हुन् ।

हरेक खोपका लागि दुई वा तीन उत्पादन प्लान्ट बनाउने सहमति भएको सिइपिआइका बायोफर्मा एग्जिक्युटिभसमेत रहेको रोबिन्सले बताएका हुन् ।

उनले रोयटर्ससँगको अन्तर्वार्तामा भनेका छन्, ‘तत्कालको अवस्थामा हामीले वर्षको दुई अर्ब डोज मात्रै उत्पादन गर्न सक्छौँ ।’ खोपको वितरण विश्वभर सहज बनाउनका लागि समूहले ८–१० वटा क्षेत्रीय वितरण केन्द्र बनाउने तयारी पनि गरेको छ ।

अहिले नै स्वीकृति पाएको कोरोना भाइरसविरुद्धको खोप नभए पनि सिइपिआईले उत्पादन तथा वितरण प्रणाली तयारी अवस्थामा राखेको उनले बताए । यसो गर्नुको उद्देश्य विश्वभर खोपको वितरण समान रुपमा होस् भन्नु रहेको उनले स्पष्ट पारेका छन् ।

नर्वेको ओस्लोमा रहेको समूहलाई विश्वका १४ देश, बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसन र बेलायतको वेलकम ट्रस्टले साथ दिएका छन् ।कोभिड–१९ को खोपको खोजीका लागि सिइपिआईले अहिलेसम्म ८ सय २९ मिलियन अमेरिकी डलर लगानी गरिसकेको छ । समूहले ९ सम्भावित खोपलाई साथ दिएको छ ।

खोप उत्पादनका लागि २ सयभन्दा बढी खोप तथा औषधि उत्पादकसँग छलफल भइरहेको समूहले जनाएको छ । उनले भने, ‘धेरैलाई वर्षको अर्ब डोज खोप उत्पादन हुन्छ भन्ने विश्वास लागेको छैन, तर मलाई विश्वास छ ।’


कस्तो लाग्यो ?

यो पनि