काठमाडाैं । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण थप भएका छन् ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सातजना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एकजना महिलासहित १७ जना रहेका छन् ।
उनीहरु भारतबाट आएर गान्धी आश्रम क्वारेन्टिनमा बस्दै आएका थिए ।
योसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ ।
यसैगरी झापाको हल्दीबारीमा दुईजना महिला, उदयपुरको कटारीमा तीनजना महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।