काठमाडाैं । स्थानीय तहले तयार गरेको क्वारेन्टाइन बसेर घर गएकी एक महिलाको मृत्यु भएको छ ।
कैलाली गोदावरी नगरपालिका १० की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।
जेठ २६ मा उनी भारतबाट उनी स्वदेश फर्किएकी थिइन् ।
तर, उनी प्यारालाइसिस र रक्तचापको समस्या रहेको बताइएको छ । क्वारेन्टाइनबाट घर गएको एक सातापछि उनको मृत्यु भएको जनाइएको छ ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।र, रिर्पाेट आएपछि मात्रै शव व्यवस्थापन गर्ने बताइएको छ ।