कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप दुईजनाको निधन भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘रुपन्देहीको देबदहका पुरुषको र गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको छ ।’