मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने चार जना  उडान कर्मचारी रहेका छन् ।

एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो । सात जनाको पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको र क्रस भेरिफिकेसनको नतिजा आउन बाँकी रहेको स्रोतले जनाएको छ ।

एयरलाइन्सले आफ्ना पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टाइनको लागि सोल्टी होटलमा राख्दै आएको छ । क्वारेन्टाइनमा रहे पनि पाइलटलगायत उडान कर्मचारीहरूले एयरलाइन्सको वार्षिकोत्सवमा केक काटेर रमाइलो गरेको खुलेको छ ।

त्यसैले त्यहाँ सहभागी सबै व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा गरेका छन् । एयरलाइन्सले आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५ वटा कोठा बुक गरेको छ ।

सरकारले नेपाल एयरलाइन्सबाट तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गर्दै आएको छ । यसअघि पनि हिमालय एयरलाइन्सका एक पाइलटसहित दुई जनामा संक्रमण देखिएको थियो।

 


कस्तो लाग्यो ?

यो पनि