मंसिर ०७, २०८१, शुक्रबार
               

आफूलाई कोरोना लागेको थाहा नपाई मरे ७० प्रतिशत संक्रमित

नेपाल फ्ल्यास
असार २८, २०७७

ADVERTISEMENT

काडमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार नेपालमा ३८ जनामा संक्रमितको मृत्यु भएको छ । तर प्रदेशहरूको विवरणअनुसार जोड्ने हो भने मर्नेको संख्या ४३ पुगेको छ । संक्रमितले आत्महत्या गरेपछि संघीय सरकारले मृतकको तथ्याकमा राखेको छैन । तर प्रदेश सरकाले भने राखेका छन् ।

जसमध्ये अधिकांशको मृत्युपछि संक्रमण पुष्टि भएको छ । ४३ जना मृतकमध्ये ३३ जनामा अर्थात ७० प्रतिशतमा मृत्युपछि मात्र संक्रमण पुष्टि भएको हो । मृतकमध्ये १० जनाले मात्र आफूलाई कोरोना संक्रमण भएको थाहा पाएका थिए । कतिपयले पट्यारलाग्दो क्वारेन्टाइन बसाई र परीक्षणको राम्रो व्यवस्था नभएपछि तनावका कारण आत्महत्याको बाटो रोजेका छन् । जसकारण उनीहरूले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । जुन कुल मृतक संख्याको ३० प्रतिशत हो । जहाँ २ जनाले आत्महत्या गरेका हुन् । अर्घाखाँची र रोल्पाका एक/एक जनाले आत्महत्या गरेका थिए । दाङका एक जनाको भारतमा मृत्यु भए पनि दाङमा ल्याई श्वाब संकलन गरी व्यवस्थापन गरिएको थियो । उनीहरूको भने मृत्युपछि कोरोना पुष्टि भएको थियो । सो मृत्युलाई स्वास्थ्य मन्त्रालयले समावेश गरेको छैन ।

त्यस्तै २१ प्रतिशत मृतक वागमती प्रदेशका हुन् । जहाँ  ९ जनाको मृत्यु भएको छ । त्यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशमा  १४ؘ/१४ प्रतिशत अर्थात ६/६ जना संक्रमितको मृत्यु भएको छ । 

कर्णालीमा मृत्यु भएका संक्रमितमध्ये दुई जनाले आत्महत्या गरेका हुन् । सुर्खेत र दैलेखका एक एक जनाले आत्महत्या गरेका हुन् । दैलेखका एक जनाले क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् । त्यस्तै गण्डकी प्रदेशमा ५ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि