काठमाडौं । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा मंगलबार थप १६ जनामा कोरोना संक्रमित थपिएका बताए ।
मंगलबार कोरोना संक्रमित भएकामध्ये ७ जना स्याङ्जाका रहेको बताइएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १३४५ पुगेको छ ।