मंसिर ०७, २०८१, शुक्रबार
               

सुदूरपश्‍चिममा थपिए १७ संक्रमित

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

कैलाली । आइतबार सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि भएको छ । 

धनगढी प्रयोगशालामा २४ घण्टामा ३ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालले जारी गरिएको विज्ञप्तिमा अछामको पञ्चदेवल विनायकका १ महिला र १३ पुरुष गरी १४ जना, बाजुराको खप्तडछेडेदहका १ का दुई महिला र एक ११ बर्षिय बालकमा पुष्टि भएको उल्लेख छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार दुई सय २६ पुगेको छ भने ८ जनाको मृत्यु भइसकेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि