मंसिर ०७, २०८१, शुक्रबार
               

झापामा कोरोना भाइरस फैलिएको आशंकामा ‘मास टेस्टिङ’

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

झापा । झापाको मेचीनगरमा आइतबारबाट कोरोना भाइरसको मास टेस्टिङ सुरु गरेको छ । पछिल्लो समय संक्रमित थपिँदै जाँदा समुदायमा कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै मेचीनगरमा मास टेस्टिङ सुरु गरेको हो ।

मेचीनगर नगरपालिका र स्वास्थ्य कार्यालय झापाको पूर्वीनाका काँकडभिट्टाबाट मास टेस्टिङ गर्न लागेको हो ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले दिएको जानकारीअनुसार आइतबार त्यहाँ १ सय १७ जनाको स्वाब संकलन गरिएको छ । यसको परीक्षणका लागि प्रयोगशाला पठाइ सकेको छ ।

शुक्रबार मात्र काँकडभिट्टामा २० जना सशस्त्र प्रहरीमा कोभिड १९ संक्रमण देखिएको थियो । त्यसपछि त्यहाँ कोरोनाभाइरस समुदायमा फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

मेचीनगरमा अहिलेसम्म ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये ४६ जनाले कोरोनालाई जितिसकेका छन् । २४ जना अहिले पनि उपचाररत रहेको राससमा प्रकाशित समाचारमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि