मंसिर ०७, २०८१, शुक्रबार
               

कर्णाली प्रदेशमा ३१ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ३१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । 

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९१० पुगेको छ । यस्तै यो प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६५८ पुगेको छ । 

हाल यो प्रदेशमा २४६ जना सक्रिय संक्रमित छन्। त्यसैगरी कर्णालीमा सोमबार १४ जना डिस्चार्ज भएका छन् । यस प्रदेशमा हालसम्म ६ जनाले कोरोनाकै कारण  ज्यान गुमाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि