काठमाडौं । नेपालमा कोरोना भाइरसका निधन हुनेको संख्या ४८ पुगेको छ ।
सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका बिरामी थिए ।
मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । जसमध्ये १३ हजार ७५४ जना डिस्चार्ज भएका छन् ।