मंसिर ०७, २०८१, शुक्रबार
               

फेरि सेना र स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज पनि फेरि सेना र स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना भाइरस पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । कोरोना संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना रहेको जनाइएको छ ।

गत चैत ११ गतेबाट देशभर लकडाउन लगाएर केही दिनअघि मात्रै लकडाउनको अन्त्य भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन ह्वात्तै बढ्दै गएको छ ।


कस्तो लाग्यो ?

यो पनि