काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थप भएका छन् ।
बिहीबार देशभर २७४ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा ४५ जना संक्रमित हुनु औसतमा धेरै हाे । काठमाडौंका ४१ जना र भक्तपुरका २ जना र ललितपुरका २ जना गरी ४५ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३ र बुधबार १५ जना काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ ।
यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ । जसमा काठमाडौंमा ३९१ जना, ललितपुरमा ९२ र भक्तपुरमा ५३ जना रहेका छन् ।