काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थप भएका छन् ।
आइतबार काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना गरी ३१ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो हप्ताकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३, बुधबार १५ जना, बिहीबार ४५ जना, शुक्राबार ३८ जना र हिजो शनिबार ६ काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ ।
यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६१४ पुगेको छ । जसमा काठमाडौंमा ४५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ५९ जना रहेका छन् ।