नेपालका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपालका प्रतिनिधिले नेपालमा कोरोना संक्रमितको संख्या बढे सरकारले पुन: सरकारले लकडाउन गर्न सक्ने बताएका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या पुन: बढिरहेका बेला नेपालका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरले यस्तो संकेत गरेका हुन् ।
आइतबार मात्रै काठमाडौं उपत्यकामा ३१ जनासहित देशभर २७६ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी सप्तरीको एकै जिल्लाको एकै वडामा आइतबारै २५ जनामा कोरोना संक्रमित पत्ता लागेका छन् ।