मंसिर ०७, २०८१, शुक्रबार
               

१२ दिनमै थपिए काठमाडौं उपत्यकामा २५६ जना संक्रमित

नेपाल फ्ल्यास
साउन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे तथ्यांकले देखाउँछ । 

गत चैत १ गतेदेखि लकडाउन सुरु भई गत साउन ७ गतेदेखि अन्त्य भएकाे हाे । जब लकडाउन अन्त्य भयो तब काठमाडौं उपत्यकामा संक्रमितकाे संख्या ह्वात्तै बढेकाे हाे ।

पछिल्लो तथ्यांक अनुसार  चैत ११ गतेदेखि साउन ९ गतेसम्म अर्थात १२३ दिनमा काठमाडौंकाे ३ जिल्लामा ४०९ जना मात्र संक्रिमत थिए । 

पछिल्लाे तथ्यांकअनुसार साउन १० गतेदेखि आज साेमबारसम्मकाे अवधिमा मात्र २५६ जना संक्रमित थप भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

सोमबारकाे तथ्यांक अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थप भएका छन् । 

आइतबार काठमाडौंका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जना गरी ५१ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो हप्ताकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३, बुधबार १५ जना, बिहीबार ४५ जना, शुक्राबार ३८ जना, शनिबार ६ र हिजो आइतबार ३१ जना काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ । 

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६६५ पुगेको छ । जसमा काठमाडौंमा ४९३ जना, ललितपुरमा १०८ जना र भक्तपुरमा ६४ जना रहेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि