मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ । 

बुधबारकाे तथ्यांक अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थप भएका छन् । 

बुधबार काठमाडौंका ५७ जना र  ललितपुरका ५ जना गरी ६२ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो हप्ताकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३, बुधबार १५ जना, बिहीबार ४५ जना, शुक्राबार ३८ जना, शनिबार ६, आइतबार ३१ जना, सोमबार ५१ जना र मंगलबार ६२ जना काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ । 

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७८९ पुगेको छ । जसमा काठमाडौंमा ५९८ जना, ललितपुरमा ११४ जना र भक्तपुरमा ७७ जना रहेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि