काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित २१ वर्षीय पुरुषको मृत्यु भएको छ । सिरहा जिल्लाका कोरोना संक्रमित पुरुषको अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहा गोलबजार नगरपालिकाका– १२ का २१ वर्षिय पुरुषको मृत्यु भएको हो । उनी मृगौलाका बिरामीसमेत भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले बताए । उनमा केहि दिन अगाडि कोरोना पुष्टि भएको बताइएको छ । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले भने जानकारी दिन बाँकी रहेको छ । पछिल्लो समय देशमा कोरोनाबाट मृत्यु हुेनेको संख्या दिनप्रतिदिन बढीरहेको छ ।