उदयपुर । उदयपुरको मालपोत कार्यालयका ६ कर्मचारीसहित मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ६ कर्मचारी संक्रमित पाइएका हुन् भने उनकी पत्नी र आमालाई पनि कोरोना पुष्टि भएको छ ।
उदयपुको मालपोत कार्यालयमा साउन १६ गते एक कर्मचारीमा संक्रमण देखिएको थियो ।
अन्य थप सात संक्रमित बेलका नगरपालिकका रहेको जिल्ला स्वस्थ्य कायालयका प्रमुख मोहन सुवेदीले बताए । ‘कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणबाट ६ कर्मचारी र पहिले संक्रमित कर्मचारीका आमा र श्रीमतीमा कोरोना संक्रमण देखिएको हो,’ उनले भने, ‘त्यसै गरी धरानको प्रयोगशालमा गरिएको परीक्षणमा बेलका नगरपालिकाका ३ महिलासहित ७ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ ।’
कर्मचारीमा कोरोना पुष्टि भएसँगै मालपोत कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । जिल्लामा हालसम्म संक्रमितको संख्या १ सय ६ जना पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १९ छन् ।