काठमाडौं । संघीय सांसद डा. सूर्यनारायण यादव कोरोना संक्रमित भएका छन् ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित ६४ बर्षीय डा. यादव कोरोना संक्रमित भएका हुन् । उनी जनकपुरधामका निजी क्लिनिक सञ्चालक पनि हुन् ।
कोरोना संक्रमित डा. यादवले आफूमा एक बालकबाट कोरोना सरेको बताएका छन् ।