काठमाडौं । चितवनमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमित भेटिएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।
उक्त प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणको क्रममा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमित फेला परेको हो ।आइतबार दिउँसो पनि चितवनकै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो उक्त प्रयोगशालाले जनाएको छ ।