विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण १५७ जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुनसरीका १ जना, माेरङका १ जना, पर्सा १ जना, काठमाडौं १ जना र रुपन्देहीका ४ गरी सोमबार मात्र ८ जनाकाे मृत्यु भएकाे हाे ।