मंसिर ०७, २०८१, शुक्रबार
               

दुई प्रहरीसहित गण्डकीमा थपिए १७ संक्रमित

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

कास्की । पोखरामा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि आजै (मंगलबार बिहान) पोखराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै आज बिहान पोखरामा मात्रै ११ जना संक्रमित थपिएका छन् ।

यसैबीच गण्डकी प्रदेशको तनुहँमा थप ६ जनाको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै गण्डकी प्रदेशमा आज बिहान मात्रै १७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार बिहान दोस्रो चरणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

पोखरा महानगर–४ का २७ वर्षका दुई पुरुष, पोखरा–५ की नौ वर्षीया बालिका र ३२ वर्षीया महिला, पोखरा–७ का २५ वर्षीय पुरुष, पोखरा–१० की ४० वर्षीया महिला र पोखरा–१४ की २५  वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तनहुँको भानु नगरपालिका–१ का ४६ र ६३ वर्षका दुई पुरुष तथा १७, २५, ४५ र ५२ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशानालायले जनाएको छ ।

निर्देशानालायका अनुसार संक्रमितमध्ये पोखरा–४ का दुई जना प्रहरीहरु हुन् । पोखरा–१० का एक जना दुबईबाट आएका हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिंङमा परेकाहरु रहेका छन्  ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९०८  पुगेको छ । संक्रमितमध्ये एक हजार ६३९ जना (निको) डिस्चार्ज भएका छन् ।

गण्डकी प्रदेशमा आठ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि