मंसिर ०७, २०८१, शुक्रबार
               

भक्तपुरका कोरोना संक्रमितको धुलिखेलमा मृत्यु

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काभ्रे । धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ ।

पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताए । 

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना संक्रमण बढ्दै गएको छ । पोष्टका अनुसार कुल संक्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन् । बाँकी ९८ संक्रमितको विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको जनाइएको छ । 
­­­


कस्तो लाग्यो ?

यो पनि