वीरगञ्ज । पर्सा जिल्लामा तीन जना महिलासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा पर्सागढी नगरपालिका–४ का मात्रै १२ जना छन् ।
यसैगरी धोबनी गाउँपालिका–३ का एक जान तथा वीरगन्ज महानगरपालिका वडा नम्बर-४, ५, ९, १५, १६ र २२ का एक-एक जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।
पर्सामा अहिलेसम्म ४३९ महिलासहित १९ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ ।