काठमाडौं । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण १८३ जनाको मृत्यु पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाकाे मृत्यु भएकाे हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौं, पर्सा र कपिलबस्तुका १/१ पुरुषकाे मृत्यु भएकाे हाे ।
त्यस्तै ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १/१ जना गरी ५ जना महिलाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।