जनकपुरधाम । धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका- ४ का ४५ मृतक पुरुषमा कोरोना पुष्टि भएको छ । रुघाखोकी, ज्वरो देखिएपछि बुधबार प्रादेशिक अस्पताल जनकपुधामा उपचारका क्रममा मृत्यु भएका उनमा कोरोना पुष्टि भएको हो ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार मृत्युपश्चात् स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
रुखा खोकीका अलवा मृतक पुरुषमा मधुमेह र क्षयरोगजस्ता समस्या पनि थिए । धनुषामा योसँगै कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।