मंसिर ०७, २०८१, शुक्रबार
               

शुक्रबार ३ सहित कोरोनाबाट मर्नेकाे संख्या ८ पुग्यो

नेपाल फ्ल्यास
भदौ १२, २०७७

ADVERTISEMENT

चितवन । जिल्लामा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका-१३ का ३८ वर्षका युवाको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक डा. प्रमोद पौडेलका अनुसार भदौ ६ गते रुघा, खोकी र ज्वरो आएर उपचारका लागि भरतपुर अस्पताल आएका उनीमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै आज बिहान पुष्पाञ्जली हस्पिटलमा भरतपुरका ५१ वर्षका पुरुष र चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-९ की महिलाको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उमेर ७१ वर्ष थियो । यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो ।

कोरोनाका कारण जिल्ला भित्रका चार जनाको मृत्यु भएको छ भने एक कैलाली, एक गोरखाका र तीन जना मकवानपुरका रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि