चितवनका थप १७ सहित थप अन्य २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजको कोभिड १९ परीक्षण प्रयोगशालामा आजको विवरणअनुसार चितवनका १७ र अन्य जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार भरतपुरका १५ जना र रत्ननगरका २ जना छन् ।
यस्तै गरी मकवानपुर हेटौंडाका तीनजना, नवलपुर जिल्लाको गैंडाकोट, मध्यविन्दु, देवचुली र नवलपरासीको सुनवलका गरी १,१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
१५९ नमुनामध्ये प्रयोगशालामा दुईजनामा कोरोना पुनः परीक्षण गर्दा पोजेटिभ आएको थियो । बाँकी १३३ जनाको नतिजा नेगेटिभ आएको छ ।
यो सँगै चितवनमा संक्रमितको संख्या सात सय नाघेको छ ।