मंसिर ०७, २०८१, शुक्रबार
               

बुटवलमा कोरोनाका कारण एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

बुटवल । कपिलवस्तु नगरपालिका-११ की ६० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।  कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएसँगै उनी भदौ ७मा अस्पताल भर्ना भएकी थिइन् । भर्ना भएकै दिनबाट उनलाई आइसियुमा राखी उपचार सुरु गरिएको थियो । 

सो अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या थियो । 


कस्तो लाग्यो ?

यो पनि