बुटवल । रुपन्देहीस्थित कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका-११ की ६० वर्षीया महिलाको आज (बुधबार) बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमित ती महिलालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि भदौ ७ गते अस्पताल भर्ना गरिएको थियोे ।
आइसियूमा राखेर उपचार भइरहेकोमा आज बिहान सवा नौ बजे महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
ती महिलामा उच्च रक्तचापको समस्यासमेत रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
यसअघि रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा रामग्राम नगरपालिका-५ परासीकी ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको थियो ।