काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ३८८ जना संक्रमित थपिएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार काठमाडौंमा मात्र ३५० जना संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।