मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट मर्ने १२ मध्ये ५ जना काठमाडौं उपत्यकाका

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । बुधबार देशभर १२ जनाकाे मृत्यु हुँदा काठमाडौं उपत्यकाका मात्र ५ जना छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जानकाे मृत्यु भएकाे छ । त्यस्तै भक्तपुरका १ पुरुष र ललितपुरका १ महिला गरी उपत्यकाभित्रका मात्रै ५ जनाकाे मृत्यु भएकाे हाे । 

त्यस्तै आज देशभर १ हजार १२० जनामा काेराेना संक्रमण देखिएकाे छ भने उपत्यकाका ३८८ जनामा संक्रमण देखिएकाे छ । 

मन्त्रालयका अनुसार काठमाडौंमा मात्र ३५० जना संक्रमित थपिएका छन् । त्यसैगरी भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि