भैरहवा । भैरहवाको भीम अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–६ सब्जीमण्डीका ५७ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो ।
बुटवलको कोरोना विशेष अस्पतालमा आइसियु बेड नभएकाले भीम अस्पतालमा उपचार गराइरहेका उनलाई एक्कासि हृदयघात भएको थियो ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार उनी मुटुका रोगी थिए । उनलाई भदौ १५ देखि आइसियुमा राखेर उपचाररत गरिँदै आइएको थियो ।