मंसिर ०७, २०८१, शुक्रबार
               

देशभर ११८ कैदीबन्दीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभर कोरोनाबाट ११८ जना कैदीबन्दी संक्रमित भएका गृह मन्त्रालयले जनाएकाे छ । 

कैदीबन्दीमा संक्रमण नफैलिन सरकारले सकेसम्म बाहिरबाट आउने आफन्तसँग भेट नगराउने र कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै स्वास्थ्य उपचार गराउने व्यवस्था गर्दागर्दै संक्रमण फैलिएकाे गृह मन्त्रालयले जनाएकाे छ । 

गृह मन्त्रालयका अनुसार संक्रमितमध्ये ४९ जनाले संक्रमण जितेका छन् । साथै ६९ जनाकाे उपचार भइरहेकाे तथा १ जनाकाे निधन भइसकेकाे छ । 

गृहले कैदीबन्दीका संक्रमण थप फैलन नदिन र उपचारकाे उचपत व्यवस्था गर्न प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिइसकेकाे छ । 

कोरोना उपचार सकेर अस्पतालबाट फर्केकाहरूलाई छुट्टै कारागार परिसरमै क्वारेन्टाइनमा राख्न र काठमाडौं उपत्यकाकाे हकमा किर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई आइसोलेशनकाे रुपमा प्रयोग गरिने गृहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । 

यो पनि