मंसिर ०७, २०८१, शुक्रबार
               

दिउँसो सुत्ने बानीले गर्छ भविष्यमा यस्तो भयानक असर

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

अहिले विश्वभरी कोरोना संक्रमणको दर बढ्दो छ । त्यसैले संक्रमण दर रोकथाम र नियन्त्रण गर्न  विश्वका विभिन्न स्थानमा लकडाउन निषेधाज्ञा जारी गरिएको छ ।

नेपालमा पनि निषेधाज्ञाले घर बाहिर निस्कने मौका मिलेको छैन । दिनभर घरमा रहँदा दिन बिताउने सजिलो माध्यम सुत्नु बनेको छ ।

घरभित्रै कैद भएर बस्नु पर्दा दिक्क मानेर समय कटाउन भन्दै खाना खाए लगत्तै धेरै दिउँसो सुत्ने बानी धेरैमा परेको छ । तर बिरामी वा अस्वस्थ्य नभई दिउँसो सुत्ने बानी निकै हानिकारक हुने गर्दछ ।

यसले तत्काल कुनै ठूलो समस्या नदेखाए पनि कालान्तरमा ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

– दिउँसो सुत्ने बानीले कालान्तरमा कलेजो क्यान्सरको खतरा हुने गर्दछ ।

– दिउँसो एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा हुने गर्दछ ।

– दिउँसोको सुताइका कारण मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक हुने गर्दछ ।

– दिउँसो सुत्ने मानिसहरुमा भोक धेरै हुन्छ जसले ब्लड सुगर बढाउँने गर्दछ ।

– डायबिटिज वा मोटोपनका कारण पनि लिभर क्यान्सरको खतरा रहन्छ ।

दिउँसो केहि मिनेट मात्र आराम गरेमा यसले कुनै असर गर्दैन । तर लामो निन्द्रामा भने पर्नु हुदैन । आराम गर्दा प्राकृतिक हावा लाग्ने स्थान हुनु पर्दछ ।


कस्तो लाग्यो ?

यो पनि