मंसिर ०७, २०८१, शुक्रबार
               

चितवनमा ३ कोरोना संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

चितवनमा कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । 

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । विगत तीन महिनादेखि मिर्गाैलाको समस्याका कारण डायलोसिस गराइरहेकी उनलाई भदौ १४ गते खोकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालद्वारा जारी सूचनमा उल्लेख छ । भदौ १७ गते कोरोना संक्रमण देखिएको उनको कोभिड सघन उपचार कक्षमा आज साँझ ५ : १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

यसअघि आजै चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गौँडाकोट नगरपालिका–५ का ३७ वर्षका एक पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मिर्गौलामा समस्या देखिएपछि उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए । उनको भदौ १० गते गरिएको स्वाब परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै गएराति भरतपुर महानगरपवालिका–११ का ४० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना संक्रमण देखिएको थियो । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि