मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमणबाट केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमणका कारण तीन जना कैदीबन्दीको मृत्यु भएको छ ।

मृत्युपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।

पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष र सिरहाका ६४ वर्षीय पुरुषको गत १६ गते मृत्यु भएको हो । 

बिहीबार आएको उनीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखएिको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

जेलर बाँस्कोटाका अनुसार उनीहरु दिर्घ रोगीसमेत थिए । 

यसअघि मेघा अस्पतालमा पनि केन्द्रीय कारागारकै एक कैदीको मृत्यु भएको थियो । कञ्‍चनपुरका ४१ वर्षीय कैदीको भदौ १६ गते नै मृत्यु भएको थियो ।

हालसम्म केन्द्रीय कारागारमा ५९ जना कैदीबन्दी संक्रमित भएको जेलर बाँस्कोटाकाले जानकारी दिए ।

तर अहिलेसम्म २१० जनाको मात्रै पिसिआर परीक्षण गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि