काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौं, पर्सा र तनहुँका १/१ गरी ३ जना महिलाकाे मृत्यु भएकाे छ ।
साथै सुनसरीका १ जना, काठमाडौं, रुपन्देही र भक्तपुरका २/२ जना, कास्कीका १ जना, स्याङजाका १ जना, चितवनका १ जना र गोरखाका १ जना गरी ११ जना पुरुषकाे मृत्यु भएकाे हाे ।