मंसिर ०७, २०८१, शुक्रबार
               

बिध ल्याबमा अब पिसिआर परीक्षण दुई हजारमै

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं – बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पिसिआर परीक्षण गराउन सकिने भएको हो ।

सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ ।

बिधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनपर्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षण शुल्क घटाइएको हो । कोरोना उन्मूलन गर्नुपर्ने अवस्थामा पुगेको भन्दै भण्डारीले भने, ‘हामीले ल्याबमा लाग्ने खर्च मात्र राखेर सरकारलाई कोरोना परीक्षणको दायरा बढाउन सहयोग पुग्ने उद्देश्यले रेट घटाएका हौँ ।’

उनका अनुसार यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुनेगरी शुल्क घटाइएको हो । सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्कबारे सोच्न सकिने उनको भनाइ छ ।

सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै ल्याबले ध्वस्त हुँदै गएको अर्थतन्त्रलाई पनि ध्यान दिनेगरी कम शुल्कमा धेरै परीक्षण गराउन आफूहरु लागि परेको बताए । साथै, वैदेशिक रोजगारीमा जानेहरुका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ ।

संचालक भण्डारीका अनुसार दुःख पाएर विदेश जानपर्ने अवस्था भएर रोजगारीको शिलशिलामा जानेहरुका लागि १९ सय रुपैयाँमा नै कोरोना परीक्षण गराइनेछ। गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि