काठमाडौं । सिरहामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुरकी ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।
लामो समयदेखि ज्वरोका कारण पीडित उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा उपचाररत थिइन् । उपचारकै क्रममा सो अस्पतालमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टिसँगै उनलाई प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।योसँगै सिरहामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।