मंसिर ०७, २०८१, शुक्रबार
               

हरेक १०० संक्रमितमध्ये काठमाडौैंमा ५८ जना

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या शनिबारकाे कुल संक्रमितकाे करिब ५८ प्रतिशत हाे । 

मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ६०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि