काठमाडौं । डाक्टर भोला रिजाल र उनकी पत्नी सरला रिजाल अस्पतालबाट डिस्चार्ज भएका छन् । डाक्टर रिजाल दम्पती २१ दिनको अस्पताल बसाइपछि आइतबार डिस्चार्ज भएका हुन् ।
अस्पताल बसाइमा सरलामा केही दिन समस्यादेखिए पनि आफ्नो अवस्था सामान्य नै रहेको डा. रिजालले बताए । यसका अलवा उनले सबैभन्दा ठूलो कुरा, देश विदेशबाट जति व्यक्तिहरूले हाम्रो स्वास्थ्यका लागि शुभकामना, शुभेक्षा र आशीर्वाद दिनेहरुलाई धन्यबाद दिएका छन् ।
एकै अस्पतालमा बसे पनि पार्टेसन बनाइ श्रीमान श्रीमतीलाई फरक-फरक राखिएको थियो । उनले अस्तालमा रहँदा चिया गुर्जोपानी, बेसारपानी, मसलापानी, चिया कफी खाने गरेको बताए । बेलाबेलामा आफ्नत सँग फोनमा कुरा मात्रै हुने गरेको उनले बताए ।
अस्पताल बस्दा आफूलाई कृतिम अक्सिजन र अन्य औषधि आवश्यक नपरेको बताउँदै उनले श्रीमतीलाई भने कृतिम औषधिको प्रयोग गरिएको जानकारी दिए ।
यही बीचमा डाक्टर शशांक ओम अस्पताल, विजय लामा स्टार अस्पतालमा, डाक्टर भिसी ज्ञानेन्द्र गिरी धरानमा उपचारमा थिए। सरकारले एक्लैले चाहेर कोरोना संक्रमण नियन्त्रण नहुने बताउँदै उनले नेपालमा कोरोना छिटै घट्ने बताए । मुलुकभर भएको कुल संक्रमणमध्ये आधा संक्रमितको आधा संक्रमित काठमाडौंमा भएको उनले बताए ।
उनले भने, ‘ तसर्थ हामी सबैले संक्रमण कम गर्न सरकारले जारी गरेको मापदण्ड पालना गर्नुबाहेक अर्को उपाय छैन । जसका लागि हामीले बेलाबेलामा हात धुने, मास्क सही तरिकाले लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजानेजस्ता उपायहरु अपनाउनुपर्छ ।
कोरोनाबाट बच्न सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ थियो । यसका अलवा उनले उच्च मनोबल राखेर हामीले पालना गर्नुपर्ने कुराहरू आफू बच्न र अरूलाई बचाउन पालना गर्नुपर्ने बताए ।
कोरोनामुक्त रिजालका अनुसार यी कुरा पालना गरे कोरोनाबाट वच्न सकिन्छ
१. तातोपानी खाने, बाफ लिने
२. एकले अर्कालाई जहिले पनि इन्करेज गर्ने
३. संक्रमितलाई सबैले हौसला दिने,
४. आत्मबल उच्च बनाउने
५. सरकारले जारी गरेको मापदण्ड पालना गर्ने
६. साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्ने
६. मास्कको प्रयोग गर्ने
यसका अलवा उनले आफूले आइसोलेसनमा बस्दा बेसारपानी, गर्जोलगायत जडीबुटी पनि सेवन गरेको बताए ।