काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या सोमबारकाे कुल संक्रमितकाे करिब ५८ प्रतिशत हाे ।
मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।