मंसिर ०७, २०८१, शुक्रबार
               

कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण

सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुममा गरिएको परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ४२ जना छन् भने १३ जना कन्ट्यक्ट ट्रेसिङ, पाँचजना शिक्षक, तीनजना वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी, दुईजना स्वास्थ्यकर्मी, सशत्र प्रहरी र व्यवसायी एक/एकजना, सुरक्षाकर्मी र विद्यार्थी एक/एकजना रहेको बताइएको छ । 

त्यस्तै, रुकुम पश्चिम्माका १२ जना र दैलेखका एकजनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३२२८ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप २७ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २७१४ पुगेको छ ।

प्रदेशभर हालसम्मा ५०८ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि