मंसिर ०७, २०८१, शुक्रबार
               

बुटवल अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवल अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना संक्रमतिको मृत्यु भएको उक्त अस्पताल स्रोतले जनाएको छ ।

नवलपरासी रामग्राम नगरपालिका– ३ निवासी ४९ वर्षीय पुरुषको अस्पतालमा आज बिहान मृत्यु भएको हो । गत भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या समसेत रहेको थियो ।

साथै, कपिलवस्तु बुद्धभूमि नगरपालिका– ६ निवासी ५० वर्षीय पुरुषको पनि आज विहानै मृत्यु भएको अस्पतालले जनाएको छ । यही असोज १ गते अस्पतालमा उपचारको लागि भर्ना भएका ती मृतकमा मधुमेहको समस्या समेत रहेको अस्पतालको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि