बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार दिउँसो चार बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।
मिर्गौलाका रोगीसमेत रहेका उनको बिहीबार स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।उनी शुक्रबार बिहान मात्रै अस्पतालमा भर्ना भएका थिए ।