चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए ।
उनमा भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।
सघनकक्षमा उपचाररत उनको शुक्रबार राति मृत्यु भएको हो ।