मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमित एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
असोज १०, २०७७

ADVERTISEMENT

सप्तारीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत  राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । 

उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनीको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो । 

धरानमा भर्ना भएका उनीको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि