काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा मात्रै ६३३ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरका १०४ जना र भक्तपुरका ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयल जनाएको छ ।